जेन जीको नामका अनेकथरी प्रश्न, प्रधानमन्त्रीको प्रष्ट जवाफ
प्रधानमन्त्री सुशीला कार्कीलाई जेन जी आन्दोलनका केही प्रतिनिधिले राष्ट्रपति कार्यालय शीतल निवासमा आज अनेक खाले प्रश्न सोधेका छन् । विभिन्न समूहका प्रतिनिधिहरूले केही तिखा र जिज्ञासापूर्ण प्रश्न गरेपछि प्रधानमन्त्रीले पनि सामान्य अवस्थामा भन्दा केही ठाडो जवाफ दिनुपरेको बताइन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएर अस्पताल गरेकोले छलफल प्रधानमन्त्री कार्कीको अध्यक्षतामा भएको थियो । सुधन गुरुङ,ओजस्वीराज थापा,मिराज ढुंगाना,प्रवेश दाहाल,रक्षा बम,प्रदीप ज्ञवाली,युजन राजभण्डारी,आदित्य कर्ण,आकृति घिमिरे,निकुञ्ज भण्डारीलगायतका प्रतिनिधिहरू सहभागी छलफलमा सरकारका तर्फबाट कुलमान घिसिङबाहेक अन्य सबै मन्त्री उपस्थित थिए।
‘सरकार एनजिओको हो?’ भन्ने अर्को प्रश्न सुनेपछि प्रधानमन्त्री निकै तात्नुभएको र माहौल पनि खल्बलिएको बताइन्छ ।
जेन जीहरुले भदौ २३ को प्रदर्शनलाई संस्थागत गर्नुपर्ने,सहिद र घाइतेका परिवारलाई प्राथमिकता दिनुपर्ने माग राखेपछि प्रधानमन्त्रीले ती काम क्रमशः गर्दै जाने प्रतिबद्धता जनाउनुभएको थियो । तर, अहिले नयाँ मन्त्री बन्ने चर्चा र भागबण्डा भन्दै सार्वजनिक नामहरुका हकमा प्रधानमन्त्रीले ती कसैलाई पनि मन्त्री नबनाइने उल्लेख गर्नुभयो । ओजस्वी राज थापाले सोधेको यससम्बन्धी प्रश्नमा प्रधानमन्त्रीले ‘त्यो हल्ला मात्रै’ भएको दावी गर्नुभयो ।
‘सरकार एनजिओको हो?’ भन्ने अर्को प्रश्न सुनेपछि प्रधानमन्त्री निकै तात्नुभएको र माहौल पनि खल्बलिएको बताइन्छ ।
केही जेन जी प्रतिनिधिले हालको संविधान मानेर अघि बढ्ने कि नयाँ संविधान ? भनेर सोध्दा प्रधानमन्त्री मौन बस्नुभएको थियो । उहाँले भ्रष्टाचार नियन्त्रणको काम एक दिनमा नहुने ठाडो जवाफ दिनुभएको सहभागी एकजनाले बताए ।
‘सरकार एनजिओको हो?’ भन्ने अर्को प्रश्न सुनेपछि प्रधानमन्त्री निकै तात्नुभएको र माहौल पनि खल्बलिएको बताइन्छ । त्यसमा उहाँको उत्तर थियो ‘के–को एनजिओ? मैले आजसम्म कुन एनजिओमा काम गरेको छु? यस्तो कुरा पत्याउने ?’
टिप्पणीहरू