पूर्वसभामुख महरा पक्राउ

पूर्वसभामुख महरा पक्राउ

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा उनलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नियन्त्रणमा लिएको हो । 

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको सिआईबीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार महरालाई भन्सार ऐन, २०६४ तथा संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ गरिएको हो । 

२०७९ पुस १० गते दुबईबाट काठमाडौं ओर्लिएका एक चिनियाँ नागरिकले ल्याएको सुटकेशमा रहेको इलेक्ट्रिक सिगरेटमा साढे आठ करोड रुपैयाँ बराबरको सुन भेटिएको थियो । यही प्रकरणमा महराको संलग्नता देखिएको आरोप छ ।

टिप्पणीहरू