फोनमा बोलाएर पुगेन,घरमै महरालाई समात्न गयो प्रहरी

फोनमा बोलाएर पुगेन,घरमै महरालाई समात्न गयो प्रहरी

पूर्वसभामुख कृष्णबहादुर महरा ललितपुर खुमल्टारको डेराबाटै पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको तीन वर्ष पुरानो अभियोगमा उनलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नियन्त्रणमा लिएको हो । 

महरालाई लिन सिआइबीको टोली अपराह्न ३ बजेतिर उनको निवासमै पुगेको थियो । अहिले उनलाई लाजिम्पाटस्थित सिआइबी कार्यालयमा राखिएको छ । 

पारिवारिक स्रोतका अनुसार पहिला फोन गरेर बोलाएको प्रहरी टोली केहीबेरमा घरमै पुगेको थियो । 'पुरानो फाइल हेर्नुपर्नेछ,मान्छेसहित जानुपर्यो' भनी लिएर गएको बताइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सडकबाट दबाब खेपिरहेको सरकारले जेन-जीहरुलाई थामथुम पार्न कमजोर मान्छेलाई 'बलिको बोका' बनाउन खोजेको आशंका परिवारका सदस्यहरूले गरेका छन्  

महारामाथि आवश्यक अनुसन्धान भइरहेको सिआइबीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भन्सार ऐन, २०६४ तथा संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ गरिएको हो । 

२०७९ पुस १० गते दुबईबाट काठमाडौं ओर्लिएका एक चिनियाँ नागरिकले ल्याएको सुटकेशमा रहेको इलेक्ट्रिक सिगरेटमा साढे आठ करोड रुपैयाँ बराबरको सुन भेटिएको थियो । यही प्रकरणमा रवि लामिछाने गृहमन्त्री भएका बेला समातिएका उनी  बयानपछि अदालतको आदेशले छुटेका थिए । महरालाई भोलि अदालतमा बुझाउने तयारी छ ।  

आन्दोलन दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सडकबाट दबाब खेपिरहेको सरकारले जेन-जीहरुलाई थामथुम पार्न कमजोर मान्छेलाई 'बलिको बोका' बनाउन खोजेको आशंका परिवारका सदस्यहरूले गरेका छन् ।

टिप्पणीहरू