सिंहदरबारमा विदेशी राजदूतहरु
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. डानिएल मेउव्लीले भेटवार्ता गरेका छन् । राजदूत डानिएलले हिजो दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरेका हुन् ।
करिब आधा घण्टा भएको कुराकानी दुई मुलुकबीच कायम रहेको आपसी सम्बन्ध, विकास सहयोग र आगामी साझेदारीका विषयमा केन्द्रित रहेको बताइन्छ । प्रधानमन्त्री कार्कीले नेपालको दीगो विकासका प्राथमिकतामा स्विजरल्याण्डको निरन्तर सहयोगको सराहना गर्दै आगामी दिनमा सहकार्य थप मजबुत हुने विश्वास व्यक्त गर्नुभएको जनाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते–यङबीच आज भेटघाट भएको छ । बिहान ११ बजेपछि मन्त्रालयमा भएको भेटम ऊर्जा, जलस्रोत, पूर्वाधार तथा शहरी विकासका क्षेत्रमा दक्षिण कोरियाको प्रविधि तथा लगानी सहयोगका सम्भावनाबारे छलफल भएको मन्त्रालय स्रोतले बतायो ।
टिप्पणीहरू