प्रधानमन्त्री भेट्न पुगे नक्कली जेनजीद्वारा थर्काइएका डिजी
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भेट गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री कार्कीसँग बिहान सवा ११ बजेदेखि झण्डै आधा घण्टा कुराकानी गरेको उच्च स्रोतको दाबी छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत विभिन्न कार्यमा भ्रष्टाचारको अभियोग खेप्दै आएका अधिकारीलाई दुई दिनअघि जेन जी समूहका अगुवा भनिएका अर्जुनबहादुर शाहीको टोलीले प्राधिकरणस्थित उनको कार्यकक्षमा पुगेर राजीनामा दिन हुर्मत लिएको थियो । ती जोशीलाई ठगी काण्डमा प्रहरीले हिजो पक्राउ गरेको छ ।
यता, अधिकारीमथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएर अन्तिम अवस्थामा पुर्याएको स्रोतको दाबी छ । विशेष अदालतमा मुद्दा दायर गर्नुअघि अधिकारीले प्रधानमन्त्री कार्कीलाई भेट्नु अर्थपूर्ण भएको बुझिएको छ ।
टिप्पणीहरू