भारतसँगको यो सम्झौताले जिबी राईलाई ल्याउन बाटो खुल्यो

भारतसँगको यो सम्झौताले जिबी राईलाई ल्याउन बाटो खुल्यो

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले गरेका ११ मुलुकबाट राजदूत  फिर्तालगायत भारत र विभिन्न मुलुकसङ्ग सम्झौता गर्न स्वीकृति दिइएका पारस्पारिक कानुनी सहायतासम्बन्धी प्रस्तावबाट मलेसियन सरकारको सँरक्षणमा रहेका सहकारी ठगीमा रवि लामिछानेका साझेदार जिबी राईलाई नेपाल ल्याउन बाटो खुलेको छ । सञ्चारमन्त्री जगदीश खरेलका अनुसार सरकारले विश्व बैंकको १ करोड डलर अनुदान पनि स्वीकृत गरेको छ  ।

विद्युत परियोजना र संयुक्त कम्पनी स्थापनाअन्तर्गत इनरुवा–कुणिया ४०० केभी अन्तरदेशीय प्रसारण लाइन र दोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत दुबै भूमिमा दुई संयुक्त कम्पनी स्थापना गरिनेछ । यसमा नेपाल विद्युत प्राधिकरणबाट क्रमशः १ अर्ब र २ अर्ब रुपैयाँको पुँजी लगानी स्वीकृत गरिएको छ ।

नेपाल–भारतबीच पारस्परिक कानुनी सहायता सम्झौता स्वीकृत गरिएको छ । यसबमोजिम अन्य मुलुकसँग  पनि आवश्यकताअनुसार फौजदारी मामिलामा सम्झौता गर्न पाइनेछ ।

नेपाल–भारतबीच पारस्परिक कानुनी सहायता सम्झौता स्वीकृत गरिएको छ । यसबमोजिम अन्य मुलुकसँग  पनि आवश्यकताअनुसार फौजदारी मामिलामा सम्झौता गर्न पाइनेछ ।

चीन,जर्मनी,इजरायल,मलेसिया, कतार,रूस,साउदी अरब,स्पेन, संयुक्त राज्य अमेरिका र जापानमा तैनाथ राजदूतहरूलाई २०८२ कात्तिक २० भित्र नेपाल फिर्ता बोलाउने निर्णय पनिब गरिएको छ । 

आजैको बैठकले वरिष्ठ हुँदा हुँदै पछि पारिएका न्याय सेवा,राजपत्रांकित प्रथम श्रेणीका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई विशिष्ट श्रेणीमा बढुवा गरी न्याय परिषदको सचिव पदमा नियुक्त गरेको छ । सरकारी वकिल समूहका उद्धवप्रसाद पुडासैनीलाई पनि विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिव बनाइएको छ ।

टिप्पणीहरू