के के छन् एमालेका प्रस्ताव ?
नेकपा एमालेको दशौँ केन्द्रीय कमिटी बैठक भर्खरै सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति सम्बन्धी विशेष प्रस्ताव’ पारित गर्दै सकिएको हो ।
मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने ओलीको प्रस्ताव बैठकले अनुमोदन गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा लिएर सडकमा जानुपर्ने प्रस्तावमा पनि बैठकले स्वीकार गरेको जनाइएको छ ।
सरकारले मुठभेटको वातावरण बनाइरहेको, नेताहरूको चरित्र हत्या गरेको, सन्देहात्मक पात्रहरूले दलका नेतालाई भौतिक हमला गर्न खोजिरहेको र चुनावी परिणाम पनि नस्वीकार्ने चेतावनी दिइरहेको अवस्थामा निर्वाधपूर्वक मतदान हुन नसक्ने जिकिर गर्दै एमाले चुनावको विपक्षमा उभिएको हो । उक्त प्रस्तावप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले फरक मत राखेका छन् ।
एमालेले निर्वाचन पनि नहुने र प्रतिनिधिसभा पनि पुनर्स्थापना हुन नसक्ने अवस्थामा देश भयंकर राजनीतिक अस्थिरता र अराजकतातिर जाने जोखिम रहेको पनि निष्कर्ष निकालेको छ । भदौ २३ गतेको जेन-जी प्रदर्शन र त्यसपछिका घटनाक्रमलाई देशको लोकतान्त्रिक संरचना र राष्ट्रिय एकतालाई चुनौती दिने सुनियोजित गतिविधि हो भन्ने उसको ठहर छ ।
'नवयुवाहरूले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनभित्र घुसपैठ र दुरुत्साहनमार्फत् जसरी निहत्था युवाहरूको हत्या हुने स्थिति सिर्जना गरियो, यो सामान्य सुरक्षा कमजोरी मात्रै होइन भन्ने पार्टीको निष्कर्ष छ', पारित प्रस्तावमा भनिएको छ, 'तथ्यहरूले भदौ २३ गते कुनै न कुनै दुखद घटना घटाएर भदौ २४ गते देशदहन गर्ने सुनियोजित तयारी भइरहेको थियो भन्ने पुष्टि गर्छन् । यस घटनाको स्वतन्त्र, निष्पक्ष र गंभीर छानबिन हुनुपर्छ, सबै तथ्यहरू बाहिर ल्याइनुपर्छ र सलग्न दोषीहरूलाई कार्बाही गरिनुपर्छ भन्ने माग गर्दछ ।'
आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेका बेला यत्रो घटना घटेकोप्रति एमालेले कमजोरी स्वीकार गरेको छैन । पारित प्रस्तावहरू हेर्दा अरुतिर दोष थोपरेर पानीमाथिको ओभानु बन्ने अध्यक्षको चाहनालाई बैठकले ठप्पा लगाइदिएको देखिन्छ ।
यस्तो छ एमाले बैठकले पारित गरेका २२ समसामयिक प्रस्ताव :
टिप्पणीहरू