शुल्क स्वीकृत गराएर मात्र सेवा बेचबिखन गर्न प्राधिकरणको निर्देशन

शुल्क स्वीकृत गराएर मात्र सेवा बेचबिखन गर्न प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले शुल्क स्वीकृत गराएर मात्र सेवा बेचबिखन गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । 

प्राधिकरणले आज एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा ४२ वा अनुमतिपत्र शर्तबमोजिम महसुलदर स्वीकृत गराएर मात्र सेवा बेचबिखन गर्न भनेको हो । 

यस्तो सेवाको शुल्क तथा महसुलदर प्राधिकरणबाट स्वीकृत भएको मिति उल्लेख गरी ग्राहक वा सर्वसाधारणको जानकारीका निम्ति सूचना प्रकाशन गरेपछि मात्र लागू गर्नुपर्ने व्यवस्था रहेको पनि प्राधिकरणले जनाएको छ ।
 
‘सबै इन्टरनेट (इमेलसहित) अनुमतिपत्र सेवा प्रदायकहरुले दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम शुल्क–महसुलदर स्वीकृत गराएर मात्र लागू गराउनुहुन तथा आम उपभोक्ताले समेत स्वीकृत भएको महसुलदरअनुसारको शुल्क–महसुलदर मात्र भुक्तानी गर्न जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

टिप्पणीहरू