ट्याक्टर दुर्घटनामा तीन मलामीको निधन, १२ घाइते

ट्याक्टर दुर्घटनामा तीन मलामीको निधन, १२ घाइते

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइतेको अस्पतालमा उपचार भइरहेको र चार जनाको अवस्था गम्भीर छ ।

बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिका–७, धोबेनी खोलामा दुर्घटनामा परेको थियो । 

प्रहरीका अनुसार बर्दगोरिया–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको हो ।
 

टिप्पणीहरू