प्रहरीलाई निर्वस्त्र पारेर खोलामा फालेपछि बन्दुक पड्काउने अराजक
जेन जी विध्वंशको क्रममा कार्यालयमै प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्ने एक युवक पक्राउ परेका छन् । तीनकुनेमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने गौतम घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भदौ २४ गते घिसिङसहितका युवाहरुले जर्बजस्ती बर्दी खोल्न लगाएर कुटपिट गरेपछि प्रहरीले खोलामा हामफालेर ज्यान जोगाएका थिए । उनै घिसिङलाई प्रहरीले आज पक्राउ गरेको हो ।
पछिल्लो समय प्रहरी हेडक्वार्टरले सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो तथा भिडियोको अध्ययन गर्दै भदौ २३ र २४ गतेको घटनामाथि अनुसन्धान गरिरहेको छ । विशेष अपरेसन नै चलाएको प्रहरीले लुटिएका हतियार फिर्ता गर्न प्रदर्शनकारीलाई बारम्बार आग्रह गरिरहेको छ ।
हतियार फिर्ता नगर्ने प्रदर्शनकारीलाई ढिलो चाँडो कडा कारवाही हुने सम्बन्धमा प्रहरीले स्पष्ट पारेको छ ।
टिप्पणीहरू