‘जेन जी’ शिक्षकले धम्क्याएपछि पालिका अध्यक्षको हारगुहार
खोटाङको दिप्रुङ गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले आफूलाई ‘जेन जी’ शिक्षकले ज्यान मार्ने धम्की दिएको बताएका छन् । धम्कीपछि उनले जिल्ला प्रशासन कार्यालयमा हारगुहार गरेका छन् ।
उनले गाउँपालिकाको लेटरप्याडमा लिखित निवेदन दिँदै उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित श्री सिद्धवती माध्यमिक विद्यालयका अनुदानमा कार्यरत शिक्षक युवराज कार्कीमाथि कानुनी कारबाहीको माग गरेका हुन्।
राईका अनुसार कार्कीले शुक्रबार बेलुकी र हिजो बिहान दुईपटक फोनमा आफू ‘जेन जी’ भएको बताउँदै नानाथरी गालीगलौज, अपशब्द प्रयोग र ज्यानमार्ने धम्की दिएका थिए।
पालिका अध्यक्षको निवेदनमा भनिएको छ, ‘मिति २०८२–०६–३१ गते शुक्रबार बेलुकी ५ः०४ बजे र पुनः २०८२–०७–०२ गते आइतबार बिहान ९ः३६ र ९ः४२ बजे कार्कीले म जेनजी हुँ भन्दै गालीगलौज, अपशब्द प्रयोग, कुटपिट गर्ने तथा ज्यान मार्ने धम्की दिएका कारण डर, त्रास र भय फैलिएकोले निज शिक्षकमाथि कानूनबमोजिम कारबाही गरीदिनुहुन निवेदन गरेको छु।’
टिप्पणीहरू