पर्सामा रातको ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने
पर्सामा राती ९ बजेपछि देउसी-भैलो खेल्न रोक लगाइएको छ । स्थानीय प्रशासनले रातको समयमा सुरक्षा चूनौती हुनसक्ने भएकाले ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न सूचित गरेको हो ।
‘राति ९ बजेको समयपछि खेलिने खेलाइने देउसी भैलोलाई बन्द गरिने छ,’ प्रशासन कार्यालयको सूचनामा भनिएको छ । त्यस्तै, पटाका पड्काउनसमेत निषेध गरेको प्रशासनले जबर्जस्ती गरिएको कानूनबमोजिम कारबाहीको चेतावनी दिएको छ ।
जुवातास नखेल्न र मादक पदार्थ सेवन नगर्नसँगै आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर माछामासु, चिल्लो वा गुलियो पदार्थ ठिक मात्रामा खान सुझाइएको छ । कार्यालयबाट सवारी अनुमति पास लिएका अत्यावश्यक सेवासँग सम्बन्धित सरकारी कामबाहेक अन्य कामका लागि सार्वजनिक बिदाको दिन सरकारी गाडी नचलाउन पनि भनिएको छ ।
साथै, छठ पर्वबाहेक अन्य दिन ताल, तलाउ, नदीमा रातको १० बजेसम्म मात्र पुजापाठ, मेला पर्व गर्न सिडिओ कार्यालयको आग्रह छ ।
चाडपर्वको समयमा शान्ति सुरक्षाको विषयमा कुनै समस्या आइपरेमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोल १०० मा सम्पर्क गर्न सुझाव दिइएको छ ।
टिप्पणीहरू