राजकीय श्रद्धाञ्जलीपछि विपिनको शव गृहजिल्ला लगिँदै

राजकीय श्रद्धाञ्जलीपछि विपिनको शव गृहजिल्ला लगिँदै

प्यालेस्टिनी लडाकु समूह हमासद्वारा मारिएका कञ्चनपुरका विपिन जोशीको शवमा प्रधानमन्त्री, मन्त्रीहरू परराष्ट्र मन्त्रालयका अधिकारी र उनका आफन्तजनले श्रद्धाञ्जली अर्पण गरेका छन्।

अध्ययनका लागि इजरायल गएको बेलामा दुई वर्षअघि हमास आक्रमणपछि अपहरणमा परेका उनको शव गतसाता हस्तान्तरण गरिएको थियो । इजरायल हुँदै काठमाडौं ल्याइएका उनको शवमा राजकीय सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु, परराष्ट्र मन्त्रालयका अधिकारीहरुले त्रिभुवन विमानस्थल पुगेर उनको शवमा श्रद्धाञ्जली अर्पण गरेका हुन् । शवलाई आजै कञ्चनपुरको भीमदत्तनगरस्थित घर पुर्यार आजै अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ । 

लामो समयसम्म उनको अवस्था अज्ञात रहेको अवस्थामा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

टिप्पणीहरू