हड्डी बोकेका भारतीय बाबा बोलाएर डिजीद्वारा लक्ष्मीको कालो फोटोमा पूजा
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीमाथि आज साँझ घर नजिकै दुर्व्यवहार भएको छ । उनीमाथि घरबाट निस्केको अवस्थामा सातदोबाटो नजिकै एउटा समूहले आक्रमणको उद्देश्यले दुर्व्यवहार गरेको बताइन्छ ।
अधिकारीले प्रहरी प्रशासनलाई जानकारी गराएअनुसार युवाहरुले उनीमाथि जेन जी समूहको सदस्य भन्दै आक्रमणको प्रयास गरेका थिए । त्यसलगत्तै एक जना स्कुटर छाडेर भागेको बताइन्छ ।

आजै बिहान अधिकारीले आफ्नो कार्यालयमा अँध्यारो रंगकी लक्ष्मीको पूजा हड्डी बोकेका भारतीय बाबा बोलाएर डिजीद्वारा लक्ष्मीको कालो फोटोमा पूजा गरेको कर्मचारीहरु बताउँछन् । प्रायः लक्ष्मीको फोटो उज्यालो र झल्झलाकार हुने गर्छ । तर उनले हेर्दै कालो देखिने लक्ष्मीको फोटोमा पूजा गरेका थिए ।
स्रोतका अनुसार पछिल्लो समय उनले राहु केतु शनि ग्रह बिग्रेको भन्दै कालो सामाग्रीले कालो आवरणका भगवानहरुको पूजा गर्दै आएका थिए । आजै एकजना भारतीय बाबा बोलाएर पनि प्रधान कार्यालय,सिनामंगलमा यसै पूजापाठ गरेको उनीहरुको दावी छ । भनिन्छ ती भारतीय बाबाले हातमा हड्डीसमेत बोकेका थिए ।
टिप्पणीहरू