सोलुखुम्बुमा देउसी,महाकविको सम्झना
नेचा सल्यान गाउँपालिका सोलुखुम्बुस्थित चेतना विस्तार परिवारले प्रतियोगितात्मक देउसी भैलो,कविता वाचन र स्रष्टा सम्मान कार्यक्रम आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्ती मनाएको छ ।
संस्कृति संरक्षण समूह,मखमली आमा समूह,सिंहदेवी समाज,राधाकृष्ण सत्संग समाज,क्रियटिभ युथ क्लब नेचा, जमरकट्टेल प्रतिष्ठान,मारूनी समूह लगायत विभिन्न आठ समूहले देउसी भैलो प्रतियोगितामा भाग लिएको र राम्रो जनसहभागिता रहेको सो कार्यक्रममा विभिन्न पन्ध्र जनाको कविता वाचन गरिएको थियो । सोही अवसरमा नेचा सल्यानमा जन्मेर नेपाली साहित्यको श्रीवृद्धिमा तल्लिन कवि,समालोचक हरि कट्टेललाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
देउसी भैलो प्रतियोगितामा सहभागी समूहमध्ये प्रथम,द्वितीय र तृतीय घोषित क्रमशः जमरकट्टेल सेवा प्रतिष्ठान, सिंहदेवी सेवा समाज गुठी र मारूनी समूहलाई कार्यक्रमका प्रमुख अतिथि बिना राईलगायतले क्रमश: रू ५०००/३००० र २००० नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष जगनाथ बाँस्तोला र उद्घोषण संस्थाका सचिव छविलाल बाँस्तोलाले गर्नु भएको प्राप्त समाचारमा जनाइएको छ ।



टिप्पणीहरू