अर्का तिब्बतीको अन्तर्राष्ट्रिय दौड पनि शंकास्पद
ललितपुरबाट नागरिकता लिएका तिब्बती शरणार्थी तेम्बा युङयुङले धार्मिक,राजनीतिक र अन्तर्राष्ट्रिय आर्थिक क्रियाकलापमा सक्रिय भूमिका खेल्दै आएको विभिन्न अनुसन्धान रिपोर्ट र तथ्यबाट खुलेको छ । उच्च सरकारी स्रोतका अनुसार,तेम्बा स्वयम्भूस्थित ट्रिचेन नोर्बुचे गुम्बा (रातो गुम्बा)का प्रमुख लामा हुन् ।
काठमाडौंको पूर्वमा रहेको जहर्सिङपौवा वरपर धेरै जग्गा जोडेका उनी दलाई लामा निकटस्थमध्ये मानिन्छन् । तेम्बाले दलाईसँग पछिल्लो पटक भेटवार्ता गरेको फोटो हालै बाहिरिएको छ । त्यतिबेला उनले दलाईलाई सुनजडित बुद्धमूर्ति उपहार दिएका थिए ।

उनले कर्मापा लामाकी बहिनी केही समयअघि नेपाल आउँदा पनि विशेष भेट गरेको बताइन्छ । त्यस्तै धर्मशालाबाट आएका दलाइका निकटस्थहरुसँग तेम्बाले रातो गुम्बामा निकै लामो भेट गरेको पाइएको छ ।
कतिपयले तेम्बाको रास्वपा सांसद गणेश पराजुलीसँग अचम्मको घनिष्ठ सम्बन्ध रहेको बताउँदै आएका छन् । गत आमनिर्वाचनमा पराजुलीलाई जिताउन तेम्बाले आर्थिक सहयोग गरेको खुल्दैछ ।
उनीसँग सहकार्य गर्दै आएका अर्का लामा भने तिब्बती मूलका चिनियाँ नागरिक हुन् । धार्मिक गतिविधिको नाममा विदेशबाट मोटो रकम ल्याएर दलाई लामाको निवास धर्मशालामा पठाउने कार्यमा उनीहरू संलग्न रहेको स्रोतको दावी छ।
यस्तै,तेम्बा युङयुङले भारतको सिलिगुडीमासमेत स्कूल र गुम्बा सञ्चालन गरेका छन् । विदेशबाट प्राप्त पैसा अर्का लामा र तेम्बा मिलेर भारतका कतिपय गुम्बा,स्कूल र धर्मशालामा पठाउने कार्य हुँदै आएको बुझिन्छ ।

मूलतः योगा प्रशिक्षक भनिएका ती व्यक्ति लामाको भेषमा तेम्बासँग मिलेर आर्थिक कारोबारमा संलग्न रहेको चर्चा काठमाडौंस्थित तिब्बती शरणार्थीहरुबीच हुने गरेको छ । कतिपयले उनको अन्तर्राष्ट्रिय हतियार कारोबारी समूहसँग घनिष्ठ सम्बन्ध रहेको आरोपसमेत तिब्बती समुदायले नै लगाएको छ ।
कतिपयले तेम्बाको रास्वपा सांसद गणेश पराजुलीसँग अचम्मको घनिष्ठ सम्बन्ध रहेको बताउँदै आएका छन् । गत आमनिर्वाचनमा पराजुलीलाई जिताउन तेम्बाले आर्थिक सहयोग गरेको खुल्दैछ ।

टिप्पणीहरू