हिल्टन होटलवाला अग्रवालले तिर्न पर्ने डेढ अर्ब

हिल्टन होटलवाला अग्रवालले तिर्न पर्ने डेढ अर्ब

शंकर ग्रुपको मुख्य लगानी रहेको जगदम्बा स्टिल्स प्रा.लि.ले मात्रै नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाँकी बक्यौता डेढ अर्ब बढी छ । उक्त स्टिल्सले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत आपूर्तिको सुविधा लिएकोमा तिर्नुपर्ने उक्त रकमका लागि हालै ताकेता गरिएको छ । 

गोरखापत्रमा असोज १२ गते प्रकाशित सूचनाअनुसार यसअघि पनि बक्यौता भुक्तानीका लागि पटक पटक सूचना निस्किएको थियो । कात्तिक २ गते आइतबारसम्म तिर्नका लागि प्राधिकरणले एक अर्ब ६० करोड १८ लाख ४३ हजार १२५ रुपैयाँको पत्र पठाएको थियो । तर, अस्ति बेलुकीसम्म नतिरेकाले हिजो उक्त कारखानाको बिजुली लाइन काटिएको छ ।

हिजो बिहानदेखि जगदम्बाझैँ बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटिएको प्राधिकरणले जनाएको छ । जगदम्बा स्टिल्सका अध्यक्ष साहिल अग्रवाल हुन् भने प्रमुख कार्यकारी अधिकृत आयुश गुप्ता हुन् ।

यिनै साहिलको हिल्टन होटल जेन जी आन्दोलनका क्रममा खरानी बनाइएको थियो ।

टिप्पणीहरू