विध्वंशपछि राेकिएकाे पेटेन्ट, डिजाइन र ट्रेडमार्क मुद्दाकाे सुनुवाई तयारी

विध्वंशपछि राेकिएकाे पेटेन्ट, डिजाइन र ट्रेडमार्क मुद्दाकाे सुनुवाई तयारी फाइल फोटो

गत भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशपछि उद्योग विभागमा रोकिएको औद्योगिक सम्पत्तिसम्बन्धी मुद्दाहरुको सुनुवाई आउँदो मंगलबारबाट सुचारु हुने भएको छ । 

पेटेन्ट, डिजाइन र ट्रेडमार्कसम्बन्धी मुद्दा सुनुवाईका लागि मंगलबारबाट पेशी सूचीमा राखिने विभागले जानकारी दिएको हो । 

यसरी पेशी सूचीमा राखिएका मुद्दाउपर नियमित रुपमा सोमबारबाट बिहीबारसम्म इजलास सञ्चालन हुने विभागको भनाइ छ। 

भदौ २४ गते भएको जेन जी विध्वंशमा काठमाडौंको त्रिपुरेश्वरस्थित उद्योग विभागमा पनि क्षति पुगेको थियो । त्यसपछि विभागले अधिकांश सेवा असोज २१ गतेबाट सुचारु गरेतापनि औद्योगिक सम्पत्तिको मुद्दा सुनुवाई भने सुचारु हुन सकेको थिएन ।
 

टिप्पणीहरू