मधेशमा मंगलबार पनि बिदा
मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा एक दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले छठ पर्वको भोलिपल्ट मंगलबार पनि बिदा दिने जानकारी गराएको छ ।
छठ पर्वको तयारी अहिले तराई–मधेशका जिल्लाहरूमा भइरहेको छ। तिहार पर्व सकिएलगत्तै मिथिलाञ्चल, सिरहा, धनुषा, सप्तरी, पर्सा, रौतहट, बारा र सर्लाही लगायतका जिल्लाका खोलानाला, तलाउ र पोखरीहरूमा सरसफाइ र सजावटको काम गरिएको छ।
मिथिलाञ्चलको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छठ अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकिन्छ । आगामी सोमबार साँझ सूर्यलाई सन्ध्याकालमा र मंगलबार बिहान सूर्योदयको समयमा अर्घ दिएपछि पर्व सम्पन्न हुने छ ।
टिप्पणीहरू