हाय हाय,बन्द भए उद्योग–व्यवसाय

हाय हाय,बन्द भए उद्योग–व्यवसाय

मुुलुकमा अहिले उग्र राजनीतिक गतिविधि भइरहेको छ । आर्थिक गतिविधि र सामाजिक जनजीवन ठप्प बनेको छ । विश्वविख्यात हायात र हिल्टनसहित पोखराका अधिकांश होटल बन्द छन् । पर्यटन क्षेत्र मृतप्रायः छ । दुई तिहाई भाटभटेनी स्टोर ध्वस्त छन् ।

सार्वजनिक सेवामा पनि ठूलो असर पुगेको छ । तोडफोड र आगजनीपछि राजधानीको चन्द्रागिरी केबलकार बन्द छ । धेरै कलकारखाना बन्दको अवस्थामा पुगेका छन् । ३० ठूला उद्योग विद्युत् महशुल विवादका कारण प्राधिकरणले लाइन काटेर यही बेला ठप्प छन् ।

तर यसका वावजुद एकथोक भने खुल्ला छ । जति विरोधको स्वर मच्चिएको पनि चुनावका नाममा राजनीतिक दल दर्ता । दलमा कार्यकर्ता भर्ती,गाली र विरोध गर्ने अधिकार खुला छ । व्यक्तिगत र सार्वजनिक सम्पत्ति जलाउने हात पनि खुला छन् ।

देशभरि जनता र व्यवसायीहरू पैसाको अभाव,रोजगारीको संकट र अस्तव्यस्त जीवनसँग संघर्ष गरिरहेका छन्, तर राज्य भने आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । न्यायालय र प्रशासन निष्क्रिय भएपछि कानुन र नियम केवल कागजमा सीमित भएका छन् ।

विशेषज्ञहरूको चेतावनी छ—यदि यस्ता विकृत परिस्थितिहरू तत्काल नियन्त्रणमा नलिए,व्यवसाय,उद्योग र सार्वजनिक सेवामा भएको ठूलो क्षति दीर्घकालीन हुनेछ । देशको दिगोपन, रोजगारी र आर्थिक स्वास्थ्यका लागि तत्काल कडा कदम चाल्नु अपरिहार्य छ। अन्यथा,हामीले सुन्दै र देख्दै आएको अफ्रिकी केही तन्नम अर्थतन्त्रका मुुलुकलाई अगाडि जान हामीले बाटो खोलिदिनेछौं ।

(सामाजिक सञ्जालमा प्राप्त विवरणको आधारमा)

टिप्पणीहरू