अरुलाई ‘नेपो बेबी’ भन्नेहरु आफै विध्वंशमा संलग्न

अरुलाई ‘नेपो बेबी’ भन्नेहरु आफै विध्वंशमा संलग्न

गत भदौ २४ गते अमन अधिकारीले संसद भवन बाहिर खिचेको सेल्फी भिडियो स्वयमले उनी र उनका सहयोगीहरूको आगजनी र विध्वंशमा संलग्नता रहेको प्रमाण पुष्टि भएको छ । उनले भिडियोमा प्रयोग गरेको अश्लील र अराजक भाषा सभ्य समाजका लागि पाच्य सुनिँदैन ।

तनहुँका चर्चित स्वर्गीय कवि क्षेत्रप्रताप अधिकारीका छोरा अमन ‘नेपो बेबी’को परिभाषाभित्र पर्छन् । पिताको पहुँचका कारण उनले आजभन्दा दशकौंअघि सेन्ट जेभियर्स स्कुल,आर्मी कलेज र भारतमा स्नातक गर्ने अवसर पाएका थिए । 

जेनजी आन्दोलनको सुरुवात नै यस्ता नेपो बेबीहरूको व्यवहार र क्रियाकलापलाई लिएर बढेको असन्तोषबाट भएको थियो । तर अमन जस्ता नेपो बेबीमाथि लागेको विध्वंशको आरोपले आन्दोलनलाई पेचिलो बनाएको छ ।

अमन अधिकारीले राजाको शिक्षा सहायक मन्त्री रहेका आफ्ना पिताको पहुँचको फाइदा उठाउँदै उच्चस्तरीय शिक्षा र विशेष सुविधाहरू लिए । तिनै मध्येका केही नेपो बेबी स्वयम् देशमा हिंसा र विध्वंशमा संलग्न भएको प्रमाण क्रमशः फेला पर्दैछ । 

मुलुक विध्वंश बनाउने खेलमा कलाकार, खेलाडी,निर्देशक,जनप्रतिनिधि, राजनीतिक दल तथा भ्रातृ संस्थाका नेता,कार्यकर्ता वा नेपो बेबीहरु संलग्न रहेका फोटो,भिडियोहरु एकपछि अर्को बाहिरिएका छन् ।

https://www.facebook.com/share/v/17Un35xtf2/?mibextid=adiEgM

टिप्पणीहरू