उता पक्राउ पुर्जी,यता मन्त्री
अन्तरिम सरकार गठन भएको डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदैछिन् । दिउँसो चार जनालाई मन्त्रीको शपथ खुवाउने कार्यक्रम छ । मन्त्री बनाउन चयन भएका व्यक्तिहरु भ्रष्टाचारदेखि विभिन्न काण्डमा मुछिदाँ मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएकोमा डेढ महिनापछि गर्न लागिएको नियुक्ति पनि विवादमा पर्ने देखिएको छ ।
उनले मन्त्री बनाउन छनौट गरेको एक अभियन्तामाथि सर्वोच्च अदालतमा मुद्दादेखि जिल्ला अदालतबाट पक्राउ पूर्जीसम्म जारी भएको पाइएको छ । कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न लागेका ‘दलितका लागि दलित अभियान,नेपाल’ का संयोजक खर्गेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी भएको खुलेको छ । स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा उनलाई पक्राउ गर्न २०८१ असार २१ गते नै सुर्खेत जिल्ला अदालतले पुर्जी जारी गरेको थियो ।
उनले गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटामाथि हातपात गरेका थिए । अदालतमा असार १४ गते मुद्धा दायर भएकोमा असार २१ गते सात दिने पक्राउ पुर्जी जारी भएको हो । त्यस्तै, उनीविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा विचाराधीन छ ।
स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा उनलाई पक्राउ गर्न २०८१ असार २१ गते नै सुर्खेत जिल्ला अदालतले पुर्जी जारी गरेको थियो ।
उनले एक महिला अधिवक्तालाई ‘रण्डी’ र ‘ठमेलको बारवाली’ लेखेपछि सर्वोच्चमा मानहानीको मुद्दा दायर गरिएको हो । वैदेशिक रोजगारमा जानेहरुलाई ठगी गरेको आरोप पनि उनीमाथि छ । सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिने र व्यक्तिको चरित्रहत्या गर्ने उनीमाथि साइबर ब्युरोमा पनि थुप्रै उजुरी छन् । त्यसैगरी,दलितहरुको पैसा खाएर भागेको आरोप पनि उनीमाथि नै छ ।
दलितको नाम बेचेर चर्चामा आएका उनले धेरैलाई ठगेर महङ्गा गाडी खरिद गरेका छन् । यसअघि कार्की सरकारद्वारा स्वास्थ्यमन्त्री बनाउन चयन गरिएकी तत्कालीन स्वास्थ्यसचिव डा.संगिता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौंको भ्रष्टाचार मुद्दा दायर गरेको छ । हाल मन्त्री बनाउन कोही नपाएर कार्कीले ठगीदेखि महिलाको चरित्रहत्यासम्ममा मुछिएका अर्का व्यक्तिलाई मन्त्री नियुक्त गर्न लागेको गुनासो सुनिन्छ ।
सरकारको यस्तो कदमले देशमा सुशासन कायम हुने होइन,जेनजी आन्दोलन पत्रु बन्ने र पुरानै दल फर्किने वातावरण बन्दै गएको देखिन्छ ।
जेन्जी सरकारमा मन्त्री बन्न लागेका यिनै खगेन्द्र सुनारविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको तर मुद्दा फर्स्यौट नभएको पाइएको छ ।
मन्त्री बन्न लागेका खगेन्द्र सुनारलाई पटके कसुरमा काभ्रेबाट १० हजार जरिवानाको फैसला र बिध्युतीय कारोबारमा पक्राउ पुर्जी जारी भएको पाइएको छ ।
खगेन्द्र सुनारविरुद्ध साउन ५ गते जिल्ला अदालत काभ्रेपलान्चोकबाट पक्राउ पुर्जी जारी भएको हो ।



टिप्पणीहरू