वक्ताले भी साइन हाने, पत्रकारले सास मात्रै ताने

वक्ताले भी साइन हाने, पत्रकारले सास मात्रै ताने

काठमाडौंमा एक युवाले आयोजना गरेको पत्रकार सम्मेलन १० सेकेन्डमै सकिएको छ। उनले केही बोल्नुको सट्टा सांकेतिक रूपमा विरोध प्रदर्शन गरेर कार्यक्रम समाप्त भएको जनाएका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा आज संगीत बम नाम गरेका युवाले पत्रकार सम्मेलन आयोजना गरेका थिए। बिहान ११ बजे तोकिएको समयमा सञ्चारकर्मीहरू उपस्थित भए पनि सम्मेलन अपेक्षाअनुसार लामो समयसम्म चलेन।

मञ्चमा उभिएर बमले ‘द गेम अफ लुसिफर’ भन्दै दुई औँला ठड्याए, बाँकी औँला खुम्च्याएर सांकेतिक विरोध जनाए र केही नबोली मञ्चबाट बाहिरिए । उनले त्यसबाटै पत्रकारहरूलाई समाचार बनाउन जिम्मा दिएर कार्यक्रम सकिएको जनाउ दिए ।

सेतो परम्परागत पोशाकमा पुगेका बमले दाहिने हातबाट ‘भी साइन’ (विजय वा शान्तिको संकेत) देखाएका थिए।

टिप्पणीहरू