राष्ट्रिय सभा सचिवले दिए राजीनामा

राष्ट्रिय सभा सचिवले दिए राजीनामा

राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । आजदेखि लागू हुनेगरी उनले राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार अर्यालले राष्ट्रिय सभा सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम राजीनामा दिएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालज्यूले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२–०७–११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनुभएको छ ।’
 

टिप्पणीहरू