त्रिपक्षीय भेलाअघि आफूहरुलाई मिलाइदिन जेन–जीहरुको माग
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन वातावरण तयार पार्ने उद्देश्यले सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भोलि दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल तय भएको बताइएको छ ।
छलफलमा राजनीतिक दलका प्रतिनिधि, मन्त्रीहरू र जेन जी समूहका विभिन्न टोलीका प्रतिनिधि वार्तामा सहभागी हुनेछन् ।
आज जेन जीको एउटा समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर विभिन्न समूहमा रहेका जेन जीलाई एउटै बनाइदिन आग्रह गरेको छ । जेन जी युनाइटेडका सदस्य सदीक्षा राइले समान एजेण्डा बोकेका युवाहरु एकै ठाउँमा आउनुपर्ने र प्रधानमन्त्रीले उक्त कार्यमा पहल गर्नुपर्ने बताएकी छन् ।
टिप्पणीहरू