बालेनको डोजर आतंकबारे १९ गते छलफल
उच्च अदालत,पाटनले पुराना र रैथाने उद्योगपति पियुषबहादुर अमात्यको निवासमा दादागिरी शैलीमा डोजर चलाउनुको कारण माग गरेको छ । न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले कारण देखाऊसहित दोहोरो छलफलमा झिकाउने आदेश जारी गरेको हो । सो आदेशसँगै तत्कालका लागि जथाभावी डोजर चलाउने कार्यमा रोक लागेको छ ।
काठमाडौं महानगरपालिका–१०, नयाँ बानेश्वरको मदन भण्डारी पथस्थित अमात्यको घर तिहार बिदाको मौका छोपेर भत्काइएको हो । ४२ वर्षअघि अर्थात वि.सं.२०४० सालमा उनले घर बनाए । भिरालो जग्गामा रहेको घर भत्किन नदिने उद्देश्यले छेउको दुई आना दुई पैसा साढे तीन दाम जग्गा किनेर पर्खाल निर्माण गरे ।
तर, लालपुर्जा बनिसकेपछि जग्गाधनीले उक्त जग्गा बिक्री गरिदिए । अहिले आएर इन्टरनेशनल स्कूल अफ म्यानेज्मेण्टले सो जग्गाको स्वामित्व आफूसँग रहेको दावी गरेको छ । कलेजले न्यायिक समितिमा जग्गाको मुद्दा दायर गरेकोमा मेयर बालेन साहको इजलासले गत वैशाख ११ गते पर्खाल भत्काउन आदेश गर्यो । सो आदेशविरुद्ध अमात्य परिवारले काठमाडौं जिल्ला अदालतमा पुनरावेदन गरेको छ ।
अदालतमा मुद्दा चलिरहँदा कलेजले आफ्नै लेटरप्याडमा पत्र लेखेर अमात्यको घरमा मनलाग्दी डोजर चलाएको थियो । जसका कारण उनको पुरै घर जोखिममा परेको छ । डोजर आतंकविरुद्ध अमात्यले निषेधाज्ञाको आदेश माग गर्दै कात्तिक ९ गते मुद्दा दायर गरेका थिए । सो मुद्दा आज पहिलोपटक पेशी चढेकोमा थियो ।

यो पनि...
भत्काउनमा कसले भेट्ने बालेनलाई ? बिदाको बेला उद्योगपति अमात्यको घरमाथि डोजर
बालेनको आडमा डोजर आतंक, नागरिकहरुमाथि सुरक्षा खतरा
टिप्पणीहरू