मन्दिरमा हतियारकाे आतंक
मन्दिरमा हतियार देखाएर आतंक फैलाउने दुई युवक पक्राउ परेका छन् । काठमाडौंको इचङ्गुनारायण मन्दिर एरियामा हतियार देखाएर सर्वसाधारणमा आतंक सिर्जना गरेको आरोपमा नयाँ बजार बस्ने २३ वर्षीय समिर श्रेष्ठ र क्षेत्रपाटी बस्ने २३ वर्षीय एलेक्स नेपाली समातिएका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई आज हतियारसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट दुई थान पेस्तोल र १२ राउण्ड गोली बरामद गरिएको छ । दुवै जनालाई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
टिप्पणीहरू