अन्नपूर्ण बेसक्याम्पबाट डेढ सय पर्यटकको उद्धार
सशस्त्र प्रहरी बल, नेपालले म्याग्दीको अन्नपूर्ण बेसक्याम्पबाट डेढ सय बढी पर्यटकको उद्धार गरेको छ ।
विपद् व्यवस्थापन बेस, नारच्याङबाट खटिएको टोलीले १६२ जनाको उद्धार गरेको हो । कात्तिक ११ गतेदेखि आज बिहानसम्ममा बेस क्याम्पमा भएका सबै पर्यटकको उद्धार गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।
सशस्त्रका अनुसार उनीहरूलाई अहिले सुरक्षित स्थानतर्फ लगिएको छ । बेसक्याम्पमा कात्तिक १० गते साँझदेखि निरन्तर भारी हिमपात भइरहेको छ ।
हिमपातका कारण अलपत्र परेका पर्यटकहरुको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो ।
टिप्पणीहरू