यी हुन् पहिरोपछि अवरुद्ध राजमार्ग

यी हुन् पहिरोपछि अवरुद्ध राजमार्ग

हिजो बिहानदेखिको अविरल वर्षाका कारण गएको पहिरोले मुलुकका विभिन्न राजमार्ग अवरुद्ध भएको छ ।

कोशी प्रदेशको चार, बागमती प्रदेशको ६, गण्डकी प्रदेशको दुई, कर्णाली प्रदेशको एक राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । कोशी प्रदेशको कोशी राजमार्ग, मेची राजमार्ग, तमोर–कोरिडोर सडकखण्ड, सिद्धिचरण लोकमार्गमा आवागमन रोकिएको प्रहरीले जनाएको छ । 

बागमती प्रदेशमा भने बिपी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, पासाङल्हामु सडकखण्ड, मध्यपहाडी लोकमार्ग, नारायणगढ–मुग्लिङ सडकखण्ड बन्द भएको छ । गण्डकी प्रदेशमा जोमसोम कोरोला सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड पूर्ण रुप अवरुद्ध छ । कर्णाली प्रदेशमा भेरी करिडोर सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । 

लुम्बिनी प्रदेशको सन्धिखर्क गोरुसिङ्गे सडकखण्ड एकतर्फी सुचारु गरिएको छ ।
 

टिप्पणीहरू