ठाउँ ठाउँमा सडक भासिँदा आवागमन ठप्प
दुई दिनदेखिको अविरल वर्षाको कारण धनकुटामा सडक भासिएको छ ।
कोशी राजमार्ग अन्तर्गत साँगुरीगढी गाउँपालिका-६ मा पर्ने चारखोले गोलाइमा करिब १२ मिटर सडक भासिएको हो । धरान-धनकुटा जोड्ने उक्त सडक अहिले पूर्णरुपले अवरुद्ध छ ।
त्यस्तै, तनहुँमा पनि सडक भासिएको छ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने आँबुखैरेनी खण्डमा यस्तो भएको हो ।
यता, सडक भासिँदा बिपी राजमार्ग एकतर्फी अवरुद्ध भएको छ ।
टिप्पणीहरू