पहिले जलाइयो, भत्काउन थालेपछि रोकियो
जिल्ला प्रशासन कार्यालयले पत्र लेखेपछि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको कार्यालय भत्काउने कार्य रोकेको छ । पाँच दशक अघिदेखि ट्राफिक प्रहरी बस्दै आएको उक्त कार्यालय आज भत्काउँदै गर्दा जिल्ला प्रशासनले पत्र लेखेर हस्तक्षेप गरेको हो ।
महानगरपालिकाले हिजो बेलुकी जानकारी दिएर आज भत्काउन थालेको थियो । उक्त प्रभागमा झण्डै सयजना प्रहरी बस्दै आएका छन् । उक्त कार्यालय गुठीको जग्गामा बस्दै आएको हो ।
भदौ २४ गतेको जेन जी विध्वंशमा अधिकांश प्रहरी तथा ट्राफिक कार्यालयमा आगजनी गरिएको थियो । अहिले अनधिकृत जग्गाको नाममा
टिप्पणीहरू