सर्वोच्चका श्रीमानहरु तितरबितर

सर्वोच्चका श्रीमानहरु तितरबितर

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको टोली अस्तिदेखि बंगलादेश भ्रमणमा छ । भोलि स्वदेश फर्कने टोलीमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल,न्यायाधीश विनोद पौडेल र मुख्य रजिष्ट्रार विमल पौडेल छन् ।

वरिष्ठतम न्यायाधीश सपना प्रधान पनि प्रधानन्यायाधीशको टोलीमा देश बाहिर रहेकाले अस्तिदेखि आजसम्म कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कुमार रेग्मी नेतृत्वको झण्डै एक दर्जन सदस्यीय टोली चीनको स्वायत्त क्षेत्र सिचाङको राजधानी ल्हासा पुगेको छ । टोली सदस्यहरु किरणकुमार पोखरेल,हरि पौडेल,हेमन्त रावल,तीर्था श्रेष्ठ,दिनेश यादवहरु पनि आज बिहानको उडानमा त्यता गएका छन् । ल्हासाको लागि साढे ८ बजे तोकिएको हिमालय एअरलाइन्सको उडान काठमाडौंबाट १० बजे मात्रै छुटेको थियोे  । 

कायममुकायम (प्रधान) न्यायाधीश रेग्मी विदेश भ्रमणमा गएकाले अर्का श्रीमान् हरि फुयाँलले भोलि एक दिनका लागि उक्त जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

यसअघि चीन भ्रमणको क्रममा बेइजिङ पुगेका सर्वोच्चकै तीन जना न्यायाधीश पनि छिट्टै  स्वदेश फर्कन लागेको बुझिएको छ । यता मुद्दाको चाप र न्यायाधीश अभावका कारण यसरी डा.नहकुल सुवेदी,बालकृष्ण ढकाल र नित्यानन्द पाण्डे वीचैमा फर्कन लाग्नुभएको हो । जिल्ला र उच्च अदालतका १५ जना न्यायाधीश भने अझै केही दिन अन्तर्राष्ट्रिय न्यायाधीश सम्मेलनमा सहभागी भैरहने स्रोतको दावी छ ।

टिप्पणीहरू