दुई जर्नेलको निस्कियो काज

दुई जर्नेलको निस्कियो काज

नेपाली सेनाले दुई सहायक रथीको सरुवा निकालेको छ । कात्तिक १४ गतेदेखि लागू हुनेगरी उनीहरुलाई काजमा खटाइएको हो ।  

सहायक रथी प्रकाशराज थापालाई सम्भाररथी विभागको निमित्त हाकिम तोकिएको छ । ब्याच नम्बर २२०६ भएका उनी सैनिक कल्याणकारी निर्देशनालयमा थिए । छिट्टै दुई तारेमा बढुवा हुने लाइनका हुन् ।

त्यसैगरी,सहायक रथी मनोज बैदवार सैनिक कल्याणकारी निर्देशनालयतिर सारिएका छन् । सैनिक सचिव विभागको अतिरिक्त समूहमा कार्यरत ब्याच नम्बर २३७८ भएका उनलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ ।
 

टिप्पणीहरू