राजीनामाको अहोरात्र खेतीमा एउटा गज्जब समूह
नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीमाथि २५ अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा छानबिनलाई कछुवाको तालले अघि बढाउने अख्तियार पदाधिकारीहरुको राजीनामा माग्दै अर्को जेनजी समूह आज रातो घर टङ्गाल जान लागेको बुझिएको छ ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समेत विमानस्थल निर्माणमा मात्रै १० अर्बभन्दा बढी अनियमितता ठहर गरेकोमा उनै अधिकारीविरुद्ध अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन तीव्र पारेसङ्गै यसलाई रोकाउन नक्कली जेनजी आन्दोलनकारी समूह तयार पारिएको श्रोतको दावी छ ।
आज उनीहरु अख्तियार र सर्वोच्चतिर राजीनामाको माग राखेर जान लागेको सुरक्षा श्रोतले जानकारी पाएको बुझिएको छ ।
यो समूहले अख्तियार र प्रधानन्यायाधीशविरुद्ध अभियान चलाइरहेको छ जसमा संगिता अवाले,अजय राई,उर्मिला वाइबा,सृजना याता,अन्जु चाम्लिङलगायत सँलग्न छन् । आज उनीहरु अख्तियार र सर्वोच्चतिर राजीनामाको माग राखेर जान लागेको सुरक्षा श्रोतले जानकारी पाएको बुझिएको छ ।
टिप्पणीहरू