खेलाडीद्वारा एन्फा मुख्यालय घेराउ

खेलाडीद्वारा एन्फा मुख्यालय घेराउ

फुटबल खेलाडी र समर्थकहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालय घेराउ गरेका छन् । 

खेल्न पाउने आफूहरुको आधारभूत हक खोसिएको भन्दै उनीहरूले सात दोबाटोस्थित एन्फा मुख्यालयबाहिर नाराबाजीसहित धर्ना दिएका हुन् । शहीद स्मारक ए डिभिजन लिग स्थगन गरेर एन्फाले खेलाडीको अधिकार हनन् गरेको प्रदर्शनमा सहभागीहरूले गुनासो गरेका छन् ।  

फुटबल प्रतियोगिता आयोजनाला लागि वार्षिक एक अर्ब ५६ करोड छुट्याइएको दावी गर्दै आएको एन्फाले आगामी पुसमा ‘राष्ट्रिय लिग’ र अर्को वर्ष ‘ए डिभिजन लिग’ आयोजना गर्ने निर्णय गरेको छ । तर, खेलाडीहरु भने यही वर्ष ‘ए डिभिजन लिग’ आयोजना गर्नुपर्ने पक्षमा छन् । 

प्रदर्शनका क्रममा ‘वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो फुटबल’, ‘मैदान भित्र र बाहिर फेयर प्ले’, ‘हाम्रो बुट थन्किएका छन्, हाम्रो खेल्ने अधिकार खोइ ?’, ‘विश्वकप चार वर्षमा  आउँछ, ए डिभिजिन लिग कहिले आउँछ ?’ जस्ता प्लेकार्ड देखाइएको छ ।

तस्बिरहरु

टिप्पणीहरू