बेलायतबाट हिँड्न लागे राजदूत

बेलायतबाट हिँड्न लागे राजदूत

बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरे स्वदेश फर्किन लागेका छन् । सरकारको निर्देशनबमोजिम स्वदेश फर्किन लागेका उनले सामाजिक सञ्जालमा एउटा स्ट्याटस पोष्ट गर्दै बेलायतलाई बिदा गरेका छन् । त्यसैगरी,उनले आफूमाथि देखाएको असिमित स्नेह र सम्मानप्रति आभारी रहेको बताएका छन् । 

लेख्छन्,‘अलबिदा,प्रिय बेलायत ! तपाईंले देखाउनुभएको निःशर्त र असिमित स्नेह तथा सम्मानप्रति धेरै आभारी छु ।’ सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ३० गते ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । पदावधिअगावै राजदूत फिर्ता बोलाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भयो । 

कात्तिक १६ गते न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने निर्णय औचित्यपूर्ण नदेखिएको भन्दै अन्तरिम आदेशमार्फत रोक लगाइदियो । आदेशमा मुद्दा अन्तिम टुंगो नलागेसम्म निर्णय यथावत राख्न भनिएको छ । अदालतको आदेशको अवज्ञा गर्दै सरकारले कात्तिक २० गतेभित्र राजदूतहरुलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो ।

टिप्पणीहरू