सरकार र जेनजीबीच सम्झौता हुँदै,मस्यौदा अन्तिम चरणमा

सरकार र जेनजीबीच सम्झौता हुँदै,मस्यौदा अन्तिम चरणमा फाइल फाेटाे

सरकारले जेनजी समूहको माग सम्बोधन गर्न लिखित सम्झौता गर्न लागेको छ ।  
 
सरकार र जेनजी समूहबीच अहिले वार्ता चलिरहेको र केही दिनभित्रै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा लिखित सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । तत्कालीन सरकार र विद्रोही (माओवादी) पक्षबीच १२ बुँदे सम्झौता भएजस्तै कार्की नेतृत्वको सरकार र जेनजी युवाहरुबीच पनि सम्झौता हुन लागेको हो ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले विभिन्न नौ समूहका जेनजी युवासँग पालैपालो छलफल गरेर सम्झौताकाे मस्यौदा तयार पारिरहेका छन् । हालैको छलफलमा सहभागी एक युवाले जनआस्थासँग भने, ‘यो हाम्रो समूहसँग चौथो चरणको छलफल हो,सम्झौताका बुँदामा मोटोमोटी सहमति जुटेको छ, अरु समूहसँग पनि कुरा टुंगिदै छ भन्ने थाहा पाएका छौँ, सम्भवत :केही दिनभित्र सम्झौता हुन्छ ।’

जेनजी मुभमेन्ट अलायन्सका अर्का अगुवाले पनि आफ्ना माग यथाशिघ्र कार्यान्वय गर्न सरकारसँग घनिभूत छलफल भइरहेको जानकारी दिए । उनका अनुसार भोलिसम्ममा जेनजी घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेहरुको लागि छुट्टै आयोग बनाउने निर्णयबारे टुंगाे लाग्ने सम्भावना छ । 

हाम्रो समूहसँग चौथो चरणको छलफल हो,सम्झौताका बुँदामा मोटोमोटी सहमति जुटेको छ, अरु समूहसँग पनि कुरा टुंगिदै छ भन्ने थाहा पाएका छौँ, सम्भवत :केही दिनभित्र सम्झौता हुन्छ ।’

‘प्रधानमन्त्रीज्यूको सल्लाहकारज्यूले बुँदागत रुपमा मस्यौदा तयार पारिरहनुभएकाे छ, हामीले हाम्रो माग राखिसकेका छौँ, केही दिनभित्र औपचारिक रुपमा लिखित सम्झौता हुन्छ ।’

त्यसो त, यसअघि राष्ट्रपति पौडेलले नै पटक-पटक जेनजीहरूलाई शीतल निवास बोलाएर सरकारसँग सम्झौताकाे वातावरण बनाउन खोज्नुभएको थियो । तर, उनीहरू नै एकीकृत नभएको र फरकफरक माग उठेपछि मस्यौदा तयार पार्ने जिम्मेवारी प्रधानमन्त्रीका मुख्य सल्लाहकार खनाललाई दिइएको हो ।

टिप्पणीहरू