सुरेन्द्र भण्डारी र युवराज सफलको नयाँ दल

सुरेन्द्र भण्डारी र युवराज सफलको नयाँ दल

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको नेतृत्वमा नेपाल नागरिक पार्टी (नेनापा) निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले आज दल दर्ताको प्रमाण पत्र दिएको छ । 

गत असोज ९ गते दल दर्ताको लागि आयोगमा निवेदन दिएका भण्डारीले कात्तिक ११ गते अचानक फिर्ता लिएका थिए । तर यसबीच आफूलाई सामाजिक अभियन्ता बताउने युवराज पौडेल (सफल) नेतृत्वको समाजवादी केन्द्र नेपालसँग गाभिने सहमति गरेर पुनः नेपाल नागरिक पार्टी दर्ता गरिएको बताइएको छ । 

रिष्ठ अधिवक्ता भण्डारी र प्रकाश पौडेलको नेतृत्व रहेको पार्टीको २८ सदस्यीय केन्द्रीय समिति कायम गरिएको छ । उजुरी सम्राट युवराज सफल पार्टीको उपसभापति बन्दा पुजन गुरुङ महामन्त्री र दिपलाल जोशी कोषाध्यक्ष बनेका छन् ।

टिप्पणीहरू