हिरोइनहरू धमाधम राजनीतिमा
बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको 'गतिशील लोकतान्त्रिक पार्टी' मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् ।
कात्तिक २३ गते निर्वाचन आयोगमा दर्ता भएको उक्त पार्टीमा उनलाई केन्द्रीय सदस्य बनाइएको हो । अधिकारी एक समयको चलेकी नायिका हुन् । उनले दर्जनौँ चलचित्र र सयौँ म्युजिक भिडियोमा काम गरेकी छन् ।
न्युयोर्क फिल्म एकेडेमीबाट मास्टर्स गरेकी उनलाई मनोरञ्जन वृत्तमा बौद्धिक नायिकको रुपमा लिइन्छ । दलमा आवद्ध भएसँगै अधिकारी आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नसक्ने चर्चा शुरु भएको छ ।
उता, अभिनेत्री रिमा विश्वकर्मा पनि कुलमान घिसिङले खोलेको 'उज्यालो नेपाल पार्टी' को केन्द्रीय सदस्य नियुक्त भएकी छन् । पछिल्लो समय राजनीतिमा कलाकारहरू आकर्षण बढ्दै गएको देखिन्छ ।
टिप्पणीहरू