प्रधानमन्त्री भेटेको भोलिपल्ट दलका प्रतिनिधिसँग वार्ता

प्रधानमन्त्री भेटेको भोलिपल्ट दलका प्रतिनिधिसँग वार्ता

 निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलमा बोलाएको छ । 

आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी सम्बन्धमा आयोगले सबै दलका प्रतिनिधिसँग आज संवाद गर्न लागेको हो । बैठक केही बेरमा शुरु हुने प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । 

उनका अनुसार ११ बजे आयोगको कार्यालयमा आइपुग्न खबर गरिएपनि अहिलेसम्म प्रतिनिधि सबै आइनसकेका कारण बैठक शुरु हुन केही ढिलाई भएको छ । 

‘केही दलहरु आइसक्नुभएको छ, धेरै दल आइपुग्नु भएको छैन’, उनले भने, ‘सबै आइसकेपछि केहीबेरमा बैठक सुरु हुन्छ ।’

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीमा यतिबेला आयोग जुटेको छ । आयोगको निर्वाचन तालिका सार्वजनिक गरी दल दर्ता, मतदाता नामावली संकलनलगायतका काम अघि बढाएको छ । 

हिजोमात्र आयोगका पदाधिकारीले प्रधानमन्त्री शुशीला कार्कीसँग सिंहदरबारमा छलफल गरेका थिए । सुरक्षाको कारण देखाएर नेकपा एमालेलगायतका केही दलले निर्वाचन हुनेमा आशंका जनाइरहेका बेला आयोग निरन्तर छलफलमा जुटेको हो ।

टिप्पणीहरू