भारतसँग अर्को सम्झौता
नेपाल र भारतबीच रेलमार्गबाट हुने व्यापार सम्पर्कलाई थप बिस्तार गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उद्योगमन्त्री अनिलकुमार सिन्हा र भारतीय उद्योगमन्त्री श्रीपियुष गोयलले आज द्विपक्षीय भेटवार्ता गरेपछि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा रेल मार्गबाट हुने गरेको सामान ओसारपसार र व्यापारलाई सहज बनाउने उल्लेख छ । त्यसले दुवै देशबीच बहुमार्गको व्यापार सम्पर्कलाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ ।
यसअघि ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा कात्तिक दोस्रो साता नयाँ दिल्लीमा विद्युत व्यापारसम्बन्धी थप सम्झौतामा हस्ताक्षर भएको थियो ।
टिप्पणीहरू