शीतल निवासमा चार देशका राजदूत
नेपालका लागि विभिन्न चार देशका नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। आज शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार नेपालका लागि इजिप्टका आवासीय राजदूत सरिफ मोस्ताफा अल सैयद, नर्वेकी राजदूत ड्याग्री म्जोस, श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटिया र म्यानमारका राजदूत यू थान्त सिनले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।
राजदूतहरूलाई होटल दुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।
टिप्पणीहरू