पूर्व राष्ट्रपति र एमाले नेताहरुबीच भेटघाट बाक्लियो
एमाले नेताहरु पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पूर्व राष्ट्रपति तथा पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी भेट्न एकपछि अर्को उहाँको निवास पुगेका छन् । बालुवाटारको लम्टङ्गिन मार्गस्थित छोरी उषाकिरण भण्डारीको निवासमा बस्दै आउनुभएकी भण्डारीलाई भेट्न हिजो बिहान दुई जना र साँझ अर्का एकजना पुगेका थिए ।
बिहान ११ बजे बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल र एमाले केन्द्रीय सदस्य रचना खड्का भण्डारीसँग भेट गर्न पुग्दा साँझ सवा ६ बजेदेखि झन्डै एक घण्टा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि पूर्व राष्ट्रपति भण्डारीसँग कुराकानी गर्नुभएको बताइएको छ । एमाले नेतृत्व नजिकका स्रोतहरूले भने ती भेटघाटलाई ‘सामान्य शिष्टाचार’ को रुपमा अर्थ्याएका छन् ।
टिप्पणीहरू