जेनजी प्रदर्शनमा भीड उक्साउने कलाकारको सूची तयार

जेनजी प्रदर्शनमा भीड उक्साउने कलाकारको सूची तयार

जेनजी प्रदर्शन र विध्वंसका क्रममा भीड उक्साउन चार दर्जनभन्दा बढी कलाकार सक्रिय रहेको पाइएको छ । 

नेपाली सेनाले घटनाको दिन फिल्डमा पुगेर र सामाजिक सञ्जालमार्फत भीड उक्साउने ४५ जना कलाकारको सूची तयार परेको हो । सेनाले उनीहरूमाथि अनुसन्धान गर्ने प्रयोजनका लागि नभई आन्तरिक जानकारीका लागि सूची बनाएको बुझिएको छ ।

सूचीमा चलचित्र निर्देशक निश्चल बस्नेत, अमनप्रताप अधिकारी, दिपकराज गिरी, विशाल भण्डारी, प्रदिप भट्टराईको नाम छ । त्यस्तै, गायक कालीप्रसाद बाँस्कोटा, निर्माता रविन्द्रसिंह बानियाँ, अभिनेत्रीहरु वर्षा राउत, आँचल शर्मा, केकी अधिकारी लगायत पनि छन् । 

कुलमान घिसिङले खोलेको 'उज्यालो नेपाल पार्टी' को केन्द्रीय सदस्य रहेकी कलाकार रिमा विश्वकर्मा पनि भीड उक्साउनेहरूको सूचीमा समेटिएकी छन् । मोडलहरु सञ्चिता शाही, दिपा शाही, सदिक्षा रेग्मी, समिक्षा बस्नेत, अभिनेता सलोन बस्नेत, टिकटकर पारसबम ठकुरीको पनि नाम छ । 

त्यसैगरी, अभिनेता पल शाह, टिकटकर इस्टु कार्की, कार्यक्रम प्रस्तोता ओसिन सिटौला, पहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत आवद्ध रहेका हाँस्यकलाकार हिमेश पन्त पनि सेनाको लिष्टमा रहेको देखिन्छ । 

यी कलाकारमाथि प्रहरीले निगरानी राखेको बताइएको छ ।

टिप्पणीहरू