दिल्ली ‘डाइभर्टेड’ विमान काठमाडौं आउँदै

दिल्ली ‘डाइभर्टेड’ विमान काठमाडौं आउँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने नेपाल वायुसेवा निगमको दुबईबाट आएको विमान ‘होल्डिङ फ्यूल’ अभाव भन्दै नयाँ दिल्ली डाइभर्टेड भएको थियो । आरए–२३० नम्बरको विमान बिहान पौने १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर एअर ट्राफिकका कारण लामो समय आकाशमा होल्ड गर्नुपर्ने अवस्था आएको र विमानमा पर्याप्त इन्धन नभएको खबरपछि अवतरणका लागि नयाँ दिल्ली पुगेको हो ।

नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको विमान पर्याप्त इन्धन हालेर नेपाली समयअनुसार १ बजेर १९ मीनेटमा त्यहाँबाट उडेको बताइन्छ ।
 

टिप्पणीहरू