हिँड्दाहिँड्दै बिरामी परेका प्रहरीको हेलिकप्टरमार्फत उद्धार
लगातार हिमपात र अत्याधिक चिसोका कारण बीच बाटोमा बिरामी परेका प्रहरी कर्मचारीहरुको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत पाँच प्रहरी कर्मचारीलाई आज उद्धार गरेर अस्पताल लगिएको हो ।
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१, मिजार गुम्बास्थित ईलाका प्रहरी कार्यालय, नाम्दोमा कार्यरत प्रहरीहरु बढ्दो चिसोका कारण दुनैस्थित जिल्ला प्रहरी कार्यालय आउँदै थिए । पैदल हिँड्दै आएकोमा उनीहरु बीच बाटोमै बिरामी परेका हुन् ।
आईजीपी दानबहादुर कार्कीले उनीहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएकोमा सेनासँग समन्वय गरेर उनीहरुलाई हेलिकप्टरमार्फत अस्पताल ल्याइएको हो ।

टिप्पणीहरू