सुदन किराँतीलाई गृह पालिकामै झड्का

सुदन किराँतीलाई गृह पालिकामै झड्का

तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट अलग भएर प्रगतिशील अभियान घोषणा गरेका सुदन किराँतीलाई गृह जिल्लामै धक्का लागेको छ ।

विगतमा उनको पक्षमा खुलेका भोजपुरका अधिकांश माओवादी नेता-कार्यकर्ता अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा लागेका छन् । आफ्नै पालिकामा समेत किराँतीले कार्यकर्ताको साथ पाएनन् ।

तत्कालीन माओवादी केन्द्र हतुवागढी गाउँपालिकाले विज्ञप्ति जारी गर्दै सिंगो कमिटीको समर्थन नेकपालाई रहेको स्पष्ट पारेको छ । अध्यक्ष विश्वजित राई र सचिव मेघराज राईले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा देशभरका वामपन्थी, कम्युनिष्ट र समाजवादीलाई एकीकृत गरेकोमा प्रचण्डलाई धन्यवादसमेत दिइएको छ । 

किराँतीको घर सोही गाउँपालिकामा पर्छ ।

टिप्पणीहरू