बाबुराम, जनार्दन र सन्तोष एक ठाउँमा, मंसिर ७ गते घोषणा
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील अभियान नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारको समूहले एकता गर्ने सहमति गरेका छन् ।
पार्टी एकताका लागि उनीहरूबीच पाँच बुँदे लिखित सहमति भएको छ । एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह यौटै बनाउने सहमतिपत्रमा उल्लेख छ ।
आगामी मंसिर ७ गते वृहत एकता घोषणा गर्ने उनीहरूको तयारी छ । सहमति पत्रमार्फत् देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी, देशभक्त र जेनजी युवाहरुहरुलाई बृहत राजनीतिक पुर्नसंरचनाको अभियानमा जोडिन आह्वानसमेत गरेका छन् ।
पत्रमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोव, प्रगतिशील अभियानका संयोजक सुदन किराँती र सन्तोष परियारले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा हस्ताक्षर गर्नुअघि भएको छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र हालै माओवादी छोडेका जनार्दन शर्माको पनि उपस्थिति थियो ।
सहमतिपछि परियारले जनआस्थासँग भनेका छन्, ‘यो समय र परिस्थितिको माग हो, गतिशील हुनैपर्छ ।’

टिप्पणीहरू