नयाँ दल दर्ताको समय सकिँदै
नयाँ दल दर्ताका लागि तोकिएको म्याद आज सकिँदै छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज साँझसम्म नयाँ दल दर्ताका लागि समय तोकेको छ ।
आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान पनि गरिसकेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर ७ गतेसम्म दल दर्ताको समय तोकिएको हो ।
आयोगमा यसअघि दर्ता रहेका राजनीतिक दलहरूले पनि निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गराउनुपर्ने कानुनी प्रावधान छ।
टिप्पणीहरू