सिंहदरबारमा सुरक्षाबारे छलफल
गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरु सहितको बैठक बसेको छ । बिहान १० बजेदेखि गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा सिनियर म्यानेजमेन्ट टिम (एसएमटी) को बैठक बसेको बताइएको छ ।
बैठकमा गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयमा प्रवक्ता आनन्द काफ्ले लगायत उपस्थित छन् ।
टिप्पणीहरू